Logo

कोरोना भाईरस संक्रमितको संख्या ३० लाख नजिक, कुन देशमा कति संक्रमित ?

कोरोना भाईरस संक्रमितको संख्या ३० लाख नजिक, कुन देशमा कति संक्रमित ?



काठमाडौं । कोरोना भाईरस संक्रमितको संख्या ३० लाख नजिक पुगेको छ । हालसम्म विश्वभर फैलिएको कोरोना भाईरसबाट २९ लाख ९४ हजार ७ सय ६१ जनामा कोरोना संक्रमित देखिएको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या ८ लाख ७८ हजार ८ सय २० जना रहेको छ भने मृत्यु हुनेहरुको संख्या २ लाख ६ हजार ९ सय ९२ जना पुगेको छ ।

पछिल्लो तथ्याङ्क कोरोनाबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४ सय १३ जना पुगेको छ । त्यस्तै संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० जना पुगेको छ । अमेरिका पछि बढी संक्रमित भएको स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना रहेको छ भने मृत्यु हुनेको संख्या २३ हजार १ सय ९० जना रहेको तथ्याङ्कमा उल्लेख छ ।

१ लाख भन्दा बढी मानिस संक्रमित हुने देशहरु इटालिमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार १ सय, जर्मनमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५२ हजार ८ सय ४० र टर्किमा १ लाख १० हजार १ सय ३० जना रहेको छ ।

१० हजार भन्दा माथि संक्रमितहुने देशहरुमा भने इरान, चीन, रसिया, ब्राजिल, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड, स्वीजरल्याण्ड, भारत, पेरु, पोर्चुगल, इक्वीडर, आयरल्याण्ड, स्वीडेन, साउदी अरेबिया, इजरायल, अष्ट्रिया, मेक्सिको, सिंगापुर, जापान चिली, पाकिस्तान, पोल्याण्ड, रोमानिया, दक्षिण कोरिया, बेलारुस, दुबई, र कतार रहेका छन ।

त्यस्तै ५ हजार भन्दा बढी मानिसको मृत्युहुने देशहरु इटालिमा २६ हजार ६ सय ४४, फ्रान्समा २२ हजार ८ सय ५६, जर्मनमा ५ हजार ९ सय ७६, बेलायतमा २० हजार ७ सय ३२, इरानमा ५ हजार ७ सय १० र बेल्जिएममा ७ हजार ९४ जना रहेका छन भने ५ हजार भन्दा कम र १ हजार भन्दा बढी मृत्यु हुने देशहरुमा भने मेक्सिको, स्वीडेन, आयरल्याण्ड, स्वीजरल्याण्ड, नेदरल्याण्ड, क्यानाडा, ब्राजिल, चीन र टर्कि रहेका छन ।

प्रतिक्रिया दिनुहोस्