Logo

मन्त्रिपरिषद बैठक स्थगित, आजै बेलुका ५ बजे बस्ने तयारी

मन्त्रिपरिषद बैठक स्थगित, आजै बेलुका ५ बजे बस्ने तयारी



काठमाडौं । आईतबार २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । २ बजे बस्ने भनिएको बैठक स्थगित भए पछि बालुवाटार पुगेका मन्त्रीहरुसमेत फर्किएको एक मन्त्रीले जानकारी दिए । बैठक साँझ ५ बजे बस्ने गरी स्थगित भएको ति मन्त्रीले जानकारी दिएका छन ।

कोरोना भाइरसको जोखिम रोकथामका लागि गरिदै आएको लकडाउन लम्ब्याउनेलगायतका विषयमा निर्णय लिन बैठक तय गरिएको थियो । बैठक अचानक स्थगित भएपछि लकडाउनको विषयबारे टुंगो लाग्न बेलुकासम्म पर्खनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL