Logo

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुग्यो, ३१ जना आइसोलेशनमा

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० पुग्यो, ३१ जना आइसोलेशनमा



काठमाडौं । प्रदेश नं. १ मा हालसम्म कोभिड–१९ बाट ३० जना संक्रमित देखिएका छन् । प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना संक्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालले जानकारी दिएको छ ।

प्रदेशमा द्रूत परीक्षण विधि (आरडीटी) बाट ४ हजार २९८ जना तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९ को परीक्षण गरिएकामा ३० जना संक्रमित देखिएका हुन । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको संख्या शनिबारसम्म १ हजार २ सय ४ जना छ भने भने स्वास्थ्यकर्मीहरुको निगरानीमा ३१ जना आइसोलेशनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्