Logo

कोरोनाको कहर : संक्रमितको संख्या २९ लाख नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या ८ लाख ३६ हजार (अपडेट)

कोरोनाको कहर : संक्रमितको संख्या २९ लाख नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या ८ लाख ३६ हजार (अपडेट)



काठमाडौं । करिब २ सय १० ओटा देशमा फैलिएको कोरोना भाईरस संक्रमितको संख्या २९ लाख २१ हजार २ सय १ जना पुगेको छ । उपचार पछि निको भएर घर फर्कनेको संख्या ८ लाख ३६ हजार ९ सय ७० जना रहेको छ भने मृत्यु हुनेको संख्या २ लाख ३ हजार २ सय ८९ जना पुगेको छ ।

कोरोना भाईरसबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा ५४ हजार २ सय ६५ जनाले ज्यान गुमाएका छन भने संक्रमितको संख्या ९ लाख ६० हजार ८ सय ९६ जना पुगेको छ । त्यस्तै उपचार पछि निको भएर घर फर्कनेको संख्या १ लाख १८ हजार १ सय ६२ जना पुगेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै १ लाख भन्दा बढी संक्रमित हुने देशहरुमा अमेरिका पछि स्पेनमा २२ हजार ९ सय २, ईटालिमा २६ हजार ३ सय ८४, फ्रान्समा २२ हजार ६ सय १४, जर्मनमा ५ हजार ८ सय ७७, बेलायतमा २० हजार ३ सय १९ टर्किमा २ हजार ७ सय ६ जनाले ज्यान गुमाईसकेको वल्र्डमिटरसको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै कोरोनाको उद्गमस्थल मानिने चीनमा संक्रमितको संख्या ८२ हजार ८ सय २७ जना रहेको छ भने मृतकको संख्या ४ हजार ६ सय ३२ जना रहेको छ । उपचार पछि घर फर्कनेको संख्या भने ७७ हजार ३ सय ९४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्