Logo

लकडाउनको निर्णय गर्ने जिम्मा आईतबार बस्ने मन्त्रिपरिषद्लाई, हवाई सेवा जेठ २ गतेसम्म बन्द

लकडाउनको निर्णय गर्ने जिम्मा आईतबार बस्ने मन्त्रिपरिषद्लाई, हवाई सेवा जेठ २ गतेसम्म बन्द



काठमाडौं । देशमा जारी लकडाउन खोल्ने वा नखोल्ने भन्ने निर्णय आईतबार बस्ने मन्त्रिरपरिषद्को बैंठकले निर्णय गर्ने भएको छ ।

सरकारलाई लकडाउनको विषयमा आवश्यक सुझाव दिन आईतबार ईश्वर पोखरेल नेतृत्वमा गठिन उच्चस्तरीय समितिको बैठकले सो आईबार बस्ने मन्त्रिपरिषद् बैंठकले नै लकडाउनको मोडालिटी परिवर्तन गर्ने वा हालकै अवस्थमा यथावत राख्ने भन्ने विषयमा निर्णय गर्ने जानकारी दिएको छ ।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटक पटक लकडाउनको समय थप्दै आएकोमा वैशाख १५ गते यसको अवधि समाप्त हुँदैछ ।

यसैगरी उच्चस्तरीय समन्वय समितिको बैठकले आन्तरिक एवम् वाह्य हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित राख्ने निर्णय गरेको छ । सो समितिले यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL