बिजखबर संबाददाता
३० साउन,काठमाडौं । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० ओटा एम्बुलेन्स, आठ ओटा बस र ४५ ओटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ ।
नेपालस्थित भारतीय राजदूतावासमा शनिवार आयोजित विशेष समारोहमा नेपालका लागि भारतका राजदूत रणजीत रायले सो उपहार प्रदान गरेका हुन् । उनले ३३ जिल्लामा सक्रिय ती संस्थाका प्रमुखलाई एम्बुलेन्स र बस तथा दुर्गम भेगका ४५ शैक्षिक प्रतिष्ठानलाई पुस्तकालय सञ्चालनका निम्ति पुस्तक प्रदान गरेका थिए ।
कार्यक्रममा रायले नेपालमा बसोबास गर्दै आएका भारतीय सेनाका पूर्व कर्मचारीका २० विधवा र तिनका आश्रितलाई रू. २ करोड ५३ लाख सहायता रकम पनि हस्तान्तरण गरे ।
स्वतन्त्रता दिवसका अवसरमा भारतका राष्ट्रपति प्रणव मुखर्जीले सन्देश जारीे गरी शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिए ।