Logo

कतारी राजाद्वारा १७ नेपाली कैदीलाई आम माफीको घोषणा

कतारी राजाद्वारा १७ नेपाली कैदीलाई आम माफीको घोषणा



काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन ।

राजाको निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु अब रिहा हुनेछन् ।

रिहा हुनेहरुमा १३ जना लागू औषध कारोबार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेकाहरु छन् ।

प्रतिक्रिया दिनुहोस्