Logo

बंगलादेशमा लकडाउन वैशाख २३ गतेसम्म बढ्यो, नेपालमा कहिलेसम्म बढ्ला ?

बंगलादेशमा लकडाउन वैशाख २३ गतेसम्म बढ्यो, नेपालमा कहिलेसम्म बढ्ला ?



काठमाडौं । बंगलादेश सरकारले कोरोनाभाइरस संक्रमित संख्या बढेको भन्दै देशव्यापी लकडाउनलाई आगामी वैशाख २३ गतेसम्म लम्ब्याएको छ ।

बंगलादेशका सामान्य प्रशासन राज्यमन्त्री फरहाद होसेनले कोरोनाभाइरसको विस्तार रोक्न लकडाउन एकमात्र उपयुक्त विधि देखिएको भन्दै बिहीबार नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशन गरिने बताए ।

कोरोनाभाइरस महामारीको अवस्थामा सामाजिक दूरी सुनिश्चित गर्न सरकारले मार्च २६ देखि १० दिनका लागि सार्वजनिक विदा दिएको थियो । कोरोनाको संक्रमण बढ्दै गएसँगै उक्त विदालाई क्रमशः विस्तार गर्दै अप्रिल २५ सम्म पुर्याइएको थियो । अर्को सातासम्ममा मानिसको आवातजावत, सार्वजनिक यातायातको बन्दाबन्दी तथा सबै व्यवसाय बन्द गरिएको एक महिना पुग्नेछ ।

करिब १७ करोड जनसंख्या रहेको बंगलादेशमा बुधबारसम्ममा कोरोनाभाइरसका कारण १२० जनाको मृत्यु भएको छ भने तीन हजार ७७२ जना संक्रमित भएका छन् ।

नेपालमा पनि जारी लकडाउन ३१ औं दिनमा पुगेको छ । यसैबीच सरकारले संक्रमणको प्रभाव अध्ययन गर्दै लकडाउन आंशिक खुकुलो बनाउने थयारी गरिरहेको बताइएको छ । हाल जारी लकडाउन यही १५ गतेसम्मका लागि सरकारले लागू गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL