Logo

गुराँस लाइफ इन्स्योरेन्सको छैटौं साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा दुगड

गुराँस लाइफ इन्स्योरेन्सको छैटौं साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा दुगड


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२८ साउन,काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको  छैठौं साधारण सभा  सभ्पन्न भएको छ ।

सभाले कम्पनीको नयाँ संचालक समिति गठन गरेको छ । संस्थापक संचालकमा मोतीलाल दुगड, मालचन्द दुगड, ज्योति कुमार बेगानी,  दीपक नेपाल, सनराइज बैक लि. को तर्फबाट  अपछ कुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

साथै सर्बसाधारण शेयरधनीहरुको तर्फबाट बिशाल तातेड निर्वाचित भएका छन् । सोहि दिन बसेको संचालक समितिको बैठकले मोतीलाल दुगडलाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ ।

सभामा कम्पनीका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले आगामी बर्षहरुमा कम्पनीको व्यापार व्यवसाय विस्तार गरी शेयरधनीहरुलाई प्रतिफल प्रदान गर्न सकिने जानकारी दिए ।
सभाले संस्थापक शेयर ७० प्रतिशत मध्ये १९ प्रतिशत संस्थापक शेयर सर्बसाधारण शेयरमा परीणत गरी संस्थापक र सर्बसाधारण शेयरको अनुपात ५१ः४९ गर्ने प्रस्ताव समेत सर्व सम्मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL