Logo

कोरोना कहर : विश्वभर सात लाख १७ हजार बढी संक्रमित निको, २६ लाख ३६ हजार संक्रमित

कोरोना कहर : विश्वभर सात लाख १७ हजार बढी संक्रमित निको, २६ लाख ३६ हजार संक्रमित



काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) संक्रमणको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार १८२ पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट विश्वका ६ हजार ७२५ मानिसको ज्यान गएको छ । गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २४ सय भन्दा बढीको मृत्यु भएको छ ।

बिहीबार विहान ६ बजेसम्ममा विश्वमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ३६ हजार ९३३ पुगेको वल्डओमिटरले जनाएको छ । अहिलेसम्म संक्रमितमध्ये सात लाख १७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ४७ हजार ६५९ जनाको ज्यान गएको छ । त्यहाँ संक्रमितको संख्या ८ लाख ८४ हजार ७१७ पुगेको छ । त्यसैगरी इटालीमा अहिलेसम्म २५ हजार भन्दा धेरैको मृत्यु भइसेको छ । स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४०, युकेमा १८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा दुई लाख भन्दा धेरै, इटालीमा एक लाख ८७ हजारभन्दा धेरै, जर्मनीमा एक लाख ५० हजारभन्दा धेरै, फ्रान्समा एक लाख ५९ हजारभन्दा धेरै, लण्डनमा एक लाख ३३ हजारभन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्