Logo

काठमाडौंका दुबै नर्सको पीसीआर परीक्षणमा भेटिएन कोरोना, फर्किए ड्युटीमा

काठमाडौंका दुबै नर्सको पीसीआर परीक्षणमा भेटिएन कोरोना, फर्किए ड्युटीमा



काठमाडौं । काठमाडौका दुबै जना नर्सकोे पीसीआर परीक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । मंगलबार दुई जना नर्सको र्यापिड टेष्ट (आरडिटी) परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको भनेपनि उनीहरुको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नभएको भेटिएको हो ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक र्यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको भएपनि उनीहरुको पीसीआर प्रबिधिबाट स्वाब परीक्षण गर्दा ‘नेगेटिभ‘ आएको हो ।

उनीहरु आरटिडीमा कोरोना पोजेटिभ देखिएको भन्दै काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको थियो । तर उनीहरुको पीसीआरको बुधबार आएको परीक्षण रिपोर्टमा कोरोना संक्रमण नभएको पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
साथै उनीहरुको पीसीआर रिपर्ट नेगेटिभ आएसँगै काममा फर्किसकेको समेत मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्