Logo

प्रदेश ५ मा पहिलो पटक कोरोना पोजेटिभ देखियो, थप परीक्षणका लागि भैरहवा पठाईयो

प्रदेश ५ मा पहिलो पटक कोरोना पोजेटिभ देखियो, थप परीक्षणका लागि भैरहवा पठाईयो



काठमाडौं । प्रदेश ५ मा पहिलो पटक र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धको टेष्टमा कोरोनना पोजेटिभ देखिएको हो ।

बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको चिसापानी सामुदायिक अस्पतालमा टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

हाल उनलाई जिल्ला पृथ्वी चन्द्र अस्पताल परासीमा भर्ना गराएको छ । थप परीक्षणका लागि उनको थ्रोट स्वाब संकलन गरी भैरहवा पठाइएको अस्पताल परासीका निमित्त प्रमुख एवम् मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्द नरुल होदाले जानकारी दिएका छन ।

उनी लामो समयदेखि घरमै बस्दै आएका थिए । उनी एक वर्ष अगाडि अमेरिकाबाट फर्किएका थिए । छातिमा समस्या आएपछि जाँच गराउन चिसापानी अस्पताल पुगेका उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थिए । यसअघि पश्चिम नवलपरासीमा १ सय ३१ जनाको र्यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्