Logo

कोरोना कहर : बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो

कोरोना कहर : बेलायतमा मृत्यु हुने नेपालीको संख्या १८ पुग्यो



काठमाडौं । बेलायतमा कोरोनाका कारण हालसम्म १८ जना नेपालीको मृत्यु भएको छ । पछिल्लो घटना अनुसार थप एक जनाको मृत्यु भएसँगै बेलायतमा मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

पछिल्लो समयमा मृत्यु हुनेमा पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्