Logo

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार नजिक, करीब ७ लाख संक्रमित निको भएर घर फर्के (अपडेट)

कोरोना कहर : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार नजिक, करीब ७ लाख संक्रमित निको भएर घर फर्के (अपडेट)



काठमाडौं। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणको महामारीका कारण हालसम्म विश्वका २ सय बढी देश प्रभावित भएका छन् । विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६सय १९ पुगेको छ भने कोरोना संक्रमितको संख्या २५ लाख ५६ हजार ७ सय ८७४५ पुगेको छ । त्यस्तै विश्वभरका ६ लाख ९० हजार ३ सय ९३ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् ।

कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ । बुधबार बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ हजार ३ सय १८ पुगेको छ भने संक्रमितको संख्या ८ लाख १८ हजार ७ सय ४४ जना पुगेको छ ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २१ हजार २ सय ८२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ४ हजार १ सय ७८ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार १ सय १४ पुगेको छ भने संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्