Logo

मंगलबार उदयपुरमा एकै दिन ९ जनामा भेटियाे काेराेना संक्रमण, २६७ जना रेडजाेनमा

मंगलबार उदयपुरमा एकै दिन ९ जनामा भेटियाे काेराेना संक्रमण, २६७ जना रेडजाेनमा



काठमाडौं । उदयपुरका ८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उदयपुरबाट संकलन गरिएको नमुना आजै बिहान धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठाको ल्याबमा परीक्षण गर्न पठाएको थियो ।

धरानमा गरिएको परीक्षणमा समेत उनीहरुको रिर्पोट पोजेटिभ आए पछि संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकरी दिएको छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिईसकेका छन ।

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ ।

खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६६ जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्