Logo

मंगलबार थप १ जनामा कोरोना भएको मन्त्रालयको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो

मंगलबार थप १ जनामा कोरोना भएको मन्त्रालयको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकरी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताएका हुन । संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति भएको समेत मन्त्रालयले पुष्टि गरेको छ ।

यस अघि उदयपुरका थप ८ मा पनि कोरोना भाइरसको संक्रमण आशंका गरिएपछि थप परीक्षणका लागि धरान पठाइएको थियो । थप संक्रमितसँगै नेपालमा संक्रमित हुनेको संख्या ३२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्