Logo

नेपालमा कोरोनाको ईपिसेण्टर बन्दै उदयपुर, थप ८ जनामा संक्रमणको आशंका

नेपालमा कोरोनाको ईपिसेण्टर बन्दै उदयपुर, थप ८ जनामा संक्रमणको आशंका



काठमाडौं । एकै दिन १४ जना कोरोना संक्रमित भेटिएको उदयपुरमा थप ८ जनामा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो ।

उदयपुरको मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका ६८ जनाको स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको हो । धरानमा पुनः परीक्षण गर्दा पनि नतिजा पोजिटिभ आए संक्रमणको पुष्टि हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्