Logo

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आजै दुबै अध्यादेश जारी, किन गरिदैछ हतार ?

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आजै दुबै अध्यादेश जारी, किन गरिदैछ हतार ?



काठमाडौं । सोमबार मन्त्रिपरिषदले जारी गरेको दुबै अध्यादेश राष्ट्रपति कार्यालयले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संवैधानिक परषदको गणपुक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी हुन ।

दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो । मन्त्रिपरिषदले उक्त अध्यादेश पारित गरेको केही घन्टा नबित्दै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL