Logo

सरकारको एक पछि अर्को अध्यादेश, विपक्षी दलको नेताबिनै परिषद्को बैठक बस्न सक्ने

सरकारको एक पछि अर्को अध्यादेश, विपक्षी दलको नेताबिनै परिषद्को बैठक बस्न सक्ने



काठमाडौं । सरकारले प्रमुख विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । एक मन्त्रीले बिजखबरसँग कुरा गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा विपक्ष दलको नेताको अनुस्थितिमै परिषद्को बैठक बस्ने र निर्णय गर्न सक्ने व्यवस्था गरिने छ ।

यस अघि मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए । परिषद्को अहिलेको व्यवस्था बैठक बस्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि नै सदस्यहरूलाई एजेण्डा पठाउनुपर्ने, गणपूरक संख्या पुग्न प्रधानमन्त्री र अन्य ४ सदस्य उपस्थित हुनुपर्ने र सर्वसम्मतिका आधारमा निर्णय हुनुपर्ने व्यवस्था छ ।

तर, अब गणपूरक संख्याका लागि प्रधानमन्त्री र ३ सदस्य उपस्थित भए पुग्ने र विपक्षी दलको नेताको अनुपस्थितिमा बैठक बस्ने व्यवस्था गर्न लागेको ति मन्त्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्