Logo

यस कारण प्रधानमन्त्रीले ल्याए पार्टी फुटाउन सहज हुने अध्यादेश, के सरकारबाट बाहिरिएलान पूर्व माओवादी !

यस कारण प्रधानमन्त्रीले ल्याए पार्टी फुटाउन सहज हुने अध्यादेश, के सरकारबाट बाहिरिएलान पूर्व माओवादी !



काठमाडौं । देश कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको बेला सरकारले राजनीतिक दल फुटाउन सहज हुनेगरी दलसम्बन्धी कानून संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । विषम परिस्थितीमा यसरी एकाएक किन अध्यादेश आयो भन्ने विषयमा धेरैतिर अनेकथरीका चर्चापरिचर्चा हुन थालेका छन् ।

कतिपयले गत निर्वाचनमा मात्र मिलेको नेकपा फुटाउनका लागि सहज हुनेगरी सरकारले अध्यादेश ल्याएको आंकल गरेकाछन् भने कतिपयले संघीय समाजदाबी पार्टी फुटाएर सरकारमा राजेन्द्र महतोलाई संलग्न गराउने अनुमान गरेका छन् ।

पछिल्लो समय सरकारमा पूर्व माओवादी कोटाबाट मन्त्री भएका मन्त्रीहरुले प्रधानमन्त्रीको निर्देशननै मान्न छाडेको र सरकारलाई नै असफल बनाउने प्रयासमा लागेको थाहापाएपछि प्रधानन्त्री ओलीले पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको नेकपा उच्च स्रोतले जानकारी दिएको छ । ‘पछिल्लो समय सरकारमाथि पूर्व माओवादीबाट विभिन्न तरिकाबाट हमला हुने क्रम बढेको र सरकारमा पूर्व माओवादी कोटाबाट मन्त्री भएकाहरुले प्रधानमन्त्रीकै निर्देशन मान्न थालेपछि अन्ततः सरकार यस्तो निर्णयमा पुगेको हो,’ नेकपा उच्च स्रोतले भन्यो, ‘यसको अर्थ यदि पूर्व माओवादीहरु सरकारलाई असफल बनाउन लागिरहे पार्टी नै फुटाएर गएपनि जाउन भन्ने हो ।’

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएसँगै पूर्व माओवादीबाट मन्त्री भएकाहरु नेकपा अध्यक्ष पुष्प कमल दाहाल निवास खुमलटारमा छलफलका लागि पुगेका छन् । मन्त्रिपरिषद् बैंठक सकिने वित्तिकै पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै भेलाका प्रचण्ड निवास पुगेको सम्बद्ध स्रोतले जानकारी दिएको छ

पछिल्लो समय नेकपाका दुई अध्यक्षबीचको घटनाक्रम हेर्दा नेकपाभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको र पार्टीकै कारण प्रधानमन्त्री ओलीलाई सरकार संचालनमै अवरोध भएपछि उक्त निर्णय लिनुपरेको समेत उक्त स्रोतको दावी रहेको छ । ‘पार्टीभित्रकै पूर्वमाओवादी खेमाबाट प्रधानमन्त्री ओलीलाई सरकार संचालन गर्न अप्ठ्यारो पारेपछि आफ्नो भाग लिएर गएपनि जाउ भन्ने मनासायले यो अध्यादेश आएको हो,’ नेकपा स्रोतले भन्यो, ‘यस विषयमा सचिवालय बैंठकले कुनै ठोस कमद चालेन भने पार्टी फुट्न पनि सक्छ ।’ साथै अध्यादेशमार्फत संघीय सवाजबादी पार्टीलाई फुटाएर सरकारमा संलग्न गराउने सम्भावना पनि प्रवल रहेको समेत उक्त स्रोतको दावी रहेको छ ।

नेकपा सचिवालय बैंठक बस्दै

यसैबीच आजै नेकपाको सचिवालय बैंठक बस्ने भएको छ । मन्त्रिपषिद्को बैंठक सकिएलगत्तै पूर्व माओवादी समर्थित मन्त्रीहरु प्रचन्ड निवास खुलमटार पुगेपनि गृहमन्त्री रामबहादूर थापा भने अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमै रहेका छन् ।

यससँगै आजै साढे ५ बजेका लागि पार्टी सचिवालय बैठक तय गरिएको नेकपाले जानकारी दिएको छ । यसैगरी अर्का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीसँगै बालुवाटारमै रहेको उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL