Logo

नेकपा भित्रै विवाद बढ्दा पार्टी फुटाउन सजिलो बनाउने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, भीआईपीको सुरक्षा फिर्ता

नेकपा भित्रै विवाद बढ्दा पार्टी फुटाउन सजिलो बनाउने अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णय, भीआईपीको सुरक्षा फिर्ता



काठमाडौं । सरकारले पार्टी फुटाउन सक्ने अवस्था र हैसियतको बारेमा व्याख्या गर्ने अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने ल्याउने निर्णय गरेको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा दुई अध्यक्षबीच मतभेद बड्दै गइरहेको समाचारहरु सार्वजनिक भइरहेको र मुलुक कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा गएको बेला पुरानै अवस्थामा ल्याउन लागेको यो अध्यादेशलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यस्तै बैठकले विभिन्न व्यक्तिलाई दिइएको भीआइपी सुरक्षा फिर्ता लिने निणर्य पनि गरेको छ । वैठकमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था र जारी लकडाउनको विषयमा पनि समीक्षा भएको बताइएको छ । वैठकमा सहभागी हुन प्रधानमन्त्री ओली हिंडेर सचिवालयसम्म पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्