Logo

कोरोना कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्ने, यस्तो छ सरकारको निर्णय

कोरोना कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब नकाट्ने, यस्तो छ सरकारको निर्णय



काठमाडौं । सरकारले निमार्ण गरेको कोभिड(१९ रोकथाम तथा उपचार कोषको लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नहुने भएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा रकम जम्मा नगर्ने निर्णय गरेको हो।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरेको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीनदेखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्