Logo

यस्ता छन् विश्व स्वास्थ्य संगठनले तोकेका लकडाउन हटाउन ६ नियम, नेपालमा कहिले हट्ला लकडाउन?

यस्ता छन् विश्व स्वास्थ्य संगठनले तोकेका लकडाउन हटाउन ६ नियम, नेपालमा कहिले हट्ला लकडाउन?



काठमाडौं । विश्व स्वास्थ्य संगठन विभिन्न देशलाई लकडाउन गर्नका लागि विभिन्न सुचकसहितको निर्देशिका जारी गरेको छ । विभिन्न देशहरुले हाल लामो समयको लकडाउनका कारण अर्थतन्त्रमा ठुलो धक्का पुगिरहेको बताउँदै आएका छन् । लकडाउनको चपेटामा परेका धेरै देशका जनताहरुका प्रश्न छ लकडाउनको अन्त्य भएर स्थिति कहिले सामान्य अवस्थामा फर्किछ ? तर यसको उत्तर भने कहिले र कसरी भन्ने अत्तोपत्तो छैन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रबन्ध निर्देशक टेड्रोस अधनोम घब्रेससले धेरै देशहरुले लकडाउनको चपेटाबाट बाहिर निश्कन चाहेको बताए । तर उनले डब्लुएचओले तोकेका विभिन्न ६ ओटा सुचकहरु पुरा गरेर मात्रै लकडाउनको चपेटाबाट बाहिर निश्कन सकिने बताए ।

विश्व स्वास्थ्य संगठनले लकडाउन अन्त्य गर्नका लागि तोकेका विभिन्न ६ ओटा सुचकहरु यसप्रकार छन् ।

  • कोरोना भाईरस संक्रमणको फैलावट रोकेको हुनुपर्ने
  • सार्वजनिक स्वास्थ्यमा विशेष ख्याल राखी यसको क्षमतामा विस्तार गरेको र आईसोलेसन,
  • क्वारेन्टाइनलगायत प्रत्येक केशलाई ट्रेस गर्न सक्ने क्षमता भएको हुनुपर्ने
  • अस्पताल, नर्सिङ होमलगायत संवेदनशिल क्षेत्रमा भाईरस फैलन सक्ने चुनौतिको सामना गर्न सक्ने अवस्था भएको हुनुपर्ने
  • काम गर्ने स्थानमा सामाजिक दूरी र विभिन्न सरसफाईका सुचकहरु पुरा गरेको हुनुपर्ने
  • विदेशी पर्यटक तथा बाहिरबाट आउने यात्रुहरुमार्फत आउने ईम्पोर्ट केशलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सकिने क्षमता बनाउनुपर्ने
  • जनताहरुलाई यसको चुनौतिको घडी अन्त्य भएको अनुभव गराएको हुनुपर्ने तथा जनचेतना फैलाउने तयारी गरेको हुनुपर्ने

विश्व स्वास्थ्य संगठनले अपनाउन लगाएका यी सुचकहरु कोरोना भाईरसक नियन्त्रण गरेका देशहरुका लागि हुन । यी सुचकहरु पुरा गरेर मात्रै लकडाउन खोल्न सकिने नभए लकडाउन अतिआवश्यक भएको विश्व स्वास्थ्य संगठनको भनाई छ ।

हाल विश्वमर कोरोना संक्रमितको संख्या २० लाख कटेको छ भने १ लाख ३० हजार बढीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL