Logo

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनलगायत यस्ता छन् छलफलका एजेण्डा

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनलगायत यस्ता छन् छलफलका एजेण्डा



काठमाडौं । सोमबार ११ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सोमबारको बैठकमा नियमित कामकारवाहीका अलवा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ ।

लकडाउनको अवधि अझै एकहप्ता बाँकी रहेकाले त्यसबारे कुनै छलफल नहुने र आजको बैठकमा भइरहेका कामकारवाहीबारे नै छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिएका छन । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ ।

तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने ति मन्त्रीको भनाई छ । सोमबारको मन्त्रिपरिषदको बैठकमा अलपत्र मजदुरहरुको उद्दार, सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी ओलीले आइतबार सरकारी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा लकडाउन हटोस् भन्ने पक्षमा आफू रहेको तर त्यसभन्दा अगाडि कोरोना हटाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्