Logo

नेपालका अर्का युवाले जिते कोरोना, कोरोना जित्नेको संख्या ४ पुग्यो

नेपालका अर्का युवाले जिते कोरोना, कोरोना जित्नेको संख्या ४ पुग्यो



काठमाडौं । पछिल्लो समय विश्वभर फैलिएको महामारीले हरेक क्षेत्रलाइ पिरोलीरहेको छ । यस्तो बेलामा नेपालमा पनि हालसम्म ३१ जना संक्रमित पुगेका छन । जसमध्ये हालसम्म ४ जनाले कोरोनाबाट जित प्राप्त गर्दे घर फर्किसकेका छन् ।

आईतबार कैलालीका कोरोना संक्रमित एक जना युवा आज अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्किएका हुन्।

भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी भईरहेको सेती अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्