Logo

थर्मल गन कालोबजारीमा पक्राउ सुलभ अग्रवाल थप १० दिन थुनामा, ६७ कि २० हजार थानमा कालोबजारी !

थर्मल गन कालोबजारीमा पक्राउ सुलभ अग्रवाल थप १० दिन थुनामा, ६७ कि २० हजार थानमा कालोबजारी !



काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रूपका प्रबन्ध निर्देशक सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न आदेश दिएका छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज १० दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको हो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा कीर्गिस्तानका अवैतानिक वाणिज्य दूत समेत रहेको अग्रवालले पदीय दुरुपयोग गर्दै ३ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्दै गर्दा प्रहरी रंगेहात प्रक्राउ गरेको थियो । अग्रवलालाई प्रहरी आफै ग्राहक बनेर ६७ थान थर्मल गन सहित कालोबजारी गर्दागर्दै पक्राउ गरेको थियो ।

उनले ६७ थान थर्मल गत बिक्रीगर्दा पक्राउ गरेपनि पछि प्रहरीले १२ सय थान ल्याएर बिक्री गरेको तथ्य खुल्न आएको थियो । तर, उनले चीनबाट २० हजार थान थर्मल गन र सोही अनुपातमा पीपीई तथा अन्य स्वास्थ्य उपकरण समेत ल्याएर उच्च मूल्यमा बिक्री गर्दै कालोबजारी गरेको सूचना बाहिर आएपछि थप अनुसन्धानका लागि प्रहरीले समय माग गरेको थियो ।

साथै उनले अवैतानिक बाणिज्यदूतको पदको दुरुपयोग गर्दै कोरोना महामारीको समयमा अरुपनि गैर कानूनी बिक्रयाकलाप गरेको हुनसक्ने भन्दै उनीमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL