Logo

जनकपुरमा पैसा छरेर भाग्ने महिलाको फाईनल टेष्टमा भेटिएन कोरोना, आखिर किन फाले पैसा ?

जनकपुरमा पैसा छरेर भाग्ने महिलाको फाईनल टेष्टमा भेटिएन कोरोना, आखिर किन फाले पैसा ?



काठमाडौं । शुक्रबार जनकपुरमा सडकमा पैसा फाल्दै हिँड्ने २ जना महिलामा कोरोना संक्रमण नभएको पुष्टी भएको छ । शनिबार प्रहरीले सीसीटीभी फुटेजको आधारमा पक्राउ गरेको उनिहरुलाई पिसीआरमार्फत जाँच गर्दा रिपोट नेगेटिभ आएको हो ।

शुक्रबार दुई भाउजु नन्दले जनकपुरका केही सडकहरुमा १० रुपैयाँका नोटमा थुक लगाउँदै छर्दै गरेका थिए । सोही अनुसार प्रहरीेले संक्रमण फैलाउन गरिएको उक्त क्रियाकलापको आरोप लगाउँदै शनिबा पक्रेको थियो ।

तर फाईनल टेष्टमा दुबैजनामा कोरोना नेगेटीभ देखिएको हो । तर उनिहरुको बाटोमा पैसा छर्नुको उद्देश्य भने अझै नखुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार यो बिषयमा अझै अनुसन्धान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्