Logo

कोरोनाको लडाईँमा बिजयी हुँदै संक्रमित, विश्वभरबाट ६ लाखले विजय प्राप्त गरेर फर्किए घर (अपडेट)

कोरोनाको लडाईँमा बिजयी हुँदै संक्रमित, विश्वभरबाट ६ लाखले विजय प्राप्त गरेर फर्किए घर (अपडेट)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमितहरु मध्ये ५ लाख ९६ हजार ६४२ जना उपचार पछि घर फर्केका छन । त्यस्तै संक्रमित मध्ये १५ लाख ७३ हजार ५४६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत ५५ हजार २६५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोना भाइरसबाट आइतबार विहानसम्म विश्वभर १ लाख ६० हजार बढीले ज्यान गुमाएका छन् । आइतबार विहानसम्म विश्वभर कोरोनाका कारण २३ लाख ३० हजार ९४५ जना संक्रमित भएका छन् भने १ लाख ६० हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा मात्रै संक्रमितको संख्या ७ लाख ३८ हजार बढी छ भने ३९ हजार बढीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्