Logo

दोस्रो कोरोना संक्रमित महिला उपचारपछि डिस्चार्ज, भन्छिन-आफ्नो प्लाज्मा दिएर संक्रमितलाई बचाउन चाहन्छु

दोस्रो कोरोना संक्रमित महिला उपचारपछि डिस्चार्ज, भन्छिन-आफ्नो प्लाज्मा दिएर संक्रमितलाई बचाउन चाहन्छु



काठमाडौं । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ शनिबार डिस्चार्ज भएसँगै स्वास्थ्य मन्त्रालयले उनको नाम र तस्विर खुलासा गरेको छ । शनिवार डिस्चार्ज भएसँगै उनको नाम र तस्विर स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको हो । यस्तै मन्त्रालयले डिस्चार्ज हुनुअघि उनको परिवारको सहमतिमा उनको तस्विर र नाम सार्वजनिक गरेको हो ।

चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको वार्डमा २७ दिनसम्म राखेर उपचार गरिएको थियो ।
सबै खालका टेस्ट रिपोिर्टहरु पोजिटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।

अस्पतालबाछ डिस्चार्ज भएकी श्रेष्ठले आफ्नो प्लाज्मा दिएर अरुलाई बचाउन चाहेको बताएकी छन् । उनले डिस्चार्ज हुनेबेलामा डाक्टरहरुलाई धन्यवाद दिँदै अरुलाई पनि बचाउन चाहेको बताएकी हुन ।

प्रतिक्रिया दिनुहोस्