Logo

कोरोनाभाइरसलाई जित्दै प्रसिद्धि श्रेष्ठ घर फर्किइन, प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

कोरोनाभाइरसलाई जित्दै प्रसिद्धि श्रेष्ठ घर फर्किइन, प्रधानमन्त्रीले दिए यस्तो शुभकामना



काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठले कोरोनालाई जितेर उपचारपछि घर फर्किएकी छिन् । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएर शनिबार घर फर्किएकी हुन् ।

कोरोनाको उपचारपछि उनी पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका छन् । शनिवार सामाजिक सञ्जालमार्फत उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाई तथा धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्– ‘कोरोनाभाइरसबाट संक्रमित दोस्रो विरामी आज पूर्ण स्वस्थ भई अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उहाँको आरोग्यताको कामना सहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा संबद्ध सबैलाई बधाई तथा धन्यवाद ।’

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती यवतीमा कोरोनाको संक्रमण देखिएपछि चैत ९ गते टेकु अस्पताल भर्ना भएकी थिइन् । उनी २७ दिनको उपचारपछि निको भएर शनिवार घर फर्किएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL