Logo

पूर्व सञ्चारमन्त्री बाँस्कोटा भन्छन-मैले खाएको ५१ अर्ब ७४ करोड र छोडेको २२ अर्ब ५ करोड हो, न्याय पाउँ !

पूर्व सञ्चारमन्त्री बाँस्कोटा भन्छन-मैले खाएको ५१ अर्ब ७४ करोड र छोडेको २२ अर्ब ५ करोड हो, न्याय पाउँ !



काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा भ्रष्टाचारको आरोप पछि राजीनामा दिएका पूर्व पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफुलाई न्याय दिन आग्रह गरेका छन् ।

शनिबार बिहान एक ट्वीट गर्दै बाँस्कोटाले आफुमाथि लागेका विभिन्न भ्रष्टाचार आरोपहरुको फेहरिस्त नै प्रस्तुत गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्–‘मैले २३ महिनामा खाएकोहिसाब एनसेलको ४७, एनटिसी ४ अर्ब सिजी ४४ र स्मार्ट ३० करोड गरी ५१.७४अर्ब र अरुलाई छोडेको सिजी १ करोड १८ लाख, युटिएल ८५, हेलो ६९ करोड र प्रेस, पासपोर्ट, अन्तशुल्क स्टीकर, भवन, लाईसेन्स गरी २२. ५अर्ब हो। फैसला पाम त !!!’

उनले आफ्नो ट्वीटमा फेक र पेड जतिका लागि मात्र अरुलाई होईन उल्लेख गर्दै यस्तो लेखेका हुन् । मन्त्रीबाट राजीनामा दिएसँगै फुर्सदिला बनेका बाँस्कोटा अहिले दिनहुँ विभिन्न सामाजिक सञ्जालमा ब्यस्त रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL