Logo

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमणको पुष्टि, मृत्यु हुनेको संख्या ७ पुग्यो

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमणको पुष्टि, मृत्यु हुनेको संख्या ७ पुग्यो



काठमाडौं । वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको छ । बहराइनमा आज अपराह्नसम्म कूल १ हजार ८ जनामा कोरोना संक्रमण भएको पाइएको छ । जसमध्ये तीनको अवस्था गम्भीर रहेको दूतावासले जानकारी दिएको छ ।

कूल संक्रमित मध्ये ७२५ जना निको भएर घर फर्किएको दूतावासले जानकारी दिएको छ । बहराइनमा हालसम्म ७९ हजार ५६४ जनामा कोरोना परीक्षण गरिएको छ । कोभिड–१९ बाट बहराइनमा ७ जनाको मृत्यु भएको छ ।

बहराइनले यही अप्रिल ७ देखि लागू हुने गरी अवैधानिकरुपमा बसोबास गर्दै आएका कामदारलाई वैधानिक हुन वा बहराइन छाड्न सन् २०२० को डिसेम्बरसम्म माफी दिने निर्णय गरेको दूतावासले जनाएको छ । बहराइनमा सार्वजनिक स्थानमा जाँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने व्यवस्थासमेत गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्