Logo

प्रधानमन्त्रीको कडा निर्देशन, हिडेर घर जान नदिनु, खान नपाएकालाई बसेकै ठाउमा खाद्यान्न पुर्याईदिनु

प्रधानमन्त्रीको कडा निर्देशन, हिडेर घर जान नदिनु, खान नपाएकालाई बसेकै ठाउमा खाद्यान्न पुर्याईदिनु



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । उनले शुक्रबार बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर अत्यावश्यक बाहेक कसैलाई पनि हिँड्न नदिन निर्देशन दिएको हुन ।

उनले खान नपाएर अप्ठ्यारो परेका नागरिकलाई यथाशिघ्र खाद्यान्न उपलब्ध गराउने तर अनावश्यक हिँडेर घर जान खोज्नेलाई रोक्न निर्देशन दिएका हुन । खान नपाएर गाउँ जान खोज्नेलाई त्यही खाद्यान्न पुर्याउने उनले निर्देशन दिएको हुन् ।

सरकारले लकडाउनको समयावधि थपिरहँदा हिँडेरै गाउँ जानेको संख्या बढ्दो छ । प्रधानमन्त्री ओलीले गाउँ जाँदै गर्दा विचैमा अलपत्र परेका र अप्ठ्यारो परेका नागरिकलाई भने स्थानीय तहसँग समन्वय गरेर सहयोग गर्न निर्देशन दिएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिलिलाई उक्त निर्देशन दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्