Logo

चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त, राष्ट्रपतिबाट लाग्यो छाप

चीनका लागि नेपाली राजदूतमा महेन्द्र पाण्डे नियुक्त, राष्ट्रपतिबाट लाग्यो छाप



काठमाडौं । चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिस अनुसार पाण्डेलाई चीनको लागि नेपाल िराजदूतमा नियुक्त गरेका हुन् ।

यस अघि मन्त्रिपरिषदको बैंठकले पाण्डेलाई चीनको लागि नेपाली राजदूतमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

‘राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा महेन्द्रबहादुर पाण्डेलाई गणतन्त्र चीनका लागि नेपालको आवसीय राजदूतमा नियुक्त गरेका छन्,’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि चीनका राजदूत लिलामणि पौड्याललाई कार्यकाल सकिँदै सरकारले फिर्ता बोलाएर नयाँ राजदूतमा पाण्डेलाई नियुक्त गरेको हो । नवनियुक्त राजदूत पाण्डे पूर्व परराष्ट्र मन्त्री हुन् । उनको नियुक्तीसँगै नेपाल र चीनबीचको कुटनीतिक सम्बध थप प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL