Logo

काठमाडौंमा राहत लिने बढ्दै, काठमाडौं महानगरले ४७ हजारलाई बितरण गर्यो राहत

काठमाडौंमा राहत लिने बढ्दै, काठमाडौं महानगरले ४७ हजारलाई बितरण गर्यो राहत



काठमाडौं । काठमाडौंलगायत सम्पुर्ण नेपाल पछिल्लो २५ दिनदेखि लकडाउन (बन्दाबन्दी)को अवस्थामा छ । यस्तो बेलामा काठमाडौं महानगरपालिकाले गरिब विपन्नलाई राहत वितरण गरिरहेको छ । लकडाउन भएको करिव ३ देखि ४ दिनपछि देखि राहत वितरण गरेको महानगरपालिकाले राहत लिनेहरुको संख्या बढ्दै गएको जानकारी दिएको छ । महानगरपालिकाले हालसम्म ४७ हजार २ सय १६ जनालाई राहत वितरण गरेको छ ।

सरकारले लकडाउनको समयावधि थपिरहेको अवस्थामा राहत लिने सेवाग्राहीको संख्यामा पनि वृद्धि भईरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

कामपाका अनुसार हालसम्म पहिलो र दोस्रो चरणको नामावली बनाएर राहत वितरण गरिसकिएको छ । काठमाडौंका विभिन्न वडाहरुलई ३ श्रेणिमा विभाजन गरेर राहत वितरण गरिएको महानगरको भनाई छ ।

जसमध्ये ठुला वडाहरुलाई त्यही अनुसारको राहत र साना र मझौला वडाहरुलाई सोही अनुसारले राहत वितरण गर्न सकिने व्यवस्था मिलाएको छ । महानगरपालिकाले हालसम्म ३२ वटै वडाहरुमा गरेर ५७ हजार ६ सय २८ जनाको नामावली बनाएको छ ।

महानगरपालिकाले नागरिकता नभएका नगरवासीहरुलाई पनि घरको स्थिति हेरेर उचित राहत दिने गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्