Logo

सरकारको व्यापक आलोचनापछि प्रदेश ५ सरकारले थाल्यो पहल, घर जान हिँडेकालाई खाने बस्नेसहितको क्वारेन्टाइन

सरकारको व्यापक आलोचनापछि प्रदेश ५ सरकारले थाल्यो पहल, घर जान हिँडेकालाई खाने बस्नेसहितको क्वारेन्टाइन



काठमाडौं । सरकारको व्यापक आलोचनापछि प्रदेश ५ सरकारले घर जान हिंडेकाहरुका लागि पहल थालेको छ । प्रदेश ५ मा घर जानका लागि हिँडेका नागरिकलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ । क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था गरिएको भन्दै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिँडेका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसिदिन अनुरोध गरेका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा सबेर सहयोग गरिदिन अनुरोध गरेका हुन् । सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’

लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् । सरकारले मजुर र गरिखाने वर्गका नागरिकलाई घर पुराउने व्यवस्था नगरेको र यदी बसेकै स्थानमा रहन अनुरोध गर्ने हो भने खानपानको व्यवस्था गर्नुपर्ने माग उठेको छ ।

सामाजिक सञ्जालहरुमा काठमाडौं लगायतका शहरी क्षेत्र छोडेर मजुरहरु सामानसहित निकै कष्टसाथ लामो यात्रा गरिरहेको तस्वीर र भिडियोहरु सार्वजनिक भएका छन् ।

सरकारले लकडाउन गरेपछि मजदुर र दैनिक ज्याला गरेर खानेहरुलाई खानपानको व्यवस्था नमिलएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL