Logo

चितवनमा पनि भेटियो दुई जनामा कोरोना पोजिटिभ, टेकुमा थप परीक्षण गरिदैँ

चितवनमा पनि भेटियो दुई जनामा कोरोना पोजिटिभ, टेकुमा थप परीक्षण गरिदैँ



चितवन । चितवनमा दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।

उनीहरुको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ। उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।

बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोरामा कोरोना पोजिटिभ देखिएको भरतपुर अस्पतालले जनाएको छ। उनीहरु भरतपुर अस्पतालको आइसोलेसनमै छन्। चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्। उनीहरूमा अहिलेसम्म कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्