स्याङ्जा । राहत वितरणको घटनालाई लिएर जनप्रतिनिधहरुबीच कुटाकुट भएको छ ।
राहत वितरणको विषयलाई लिएर स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैह्रे र जिल्ला समन्वयका समितीका उपप्रमुख दिलिप बगालेबीच हात हालाहाल भएको हो ।
उनीहरुबीच स्याङ्जाको गल्याङ्ग नगरपालिको एक होटलमा दुई जनाबीच झगडा भएको हो । उक्त झगडाबाट वडा अध्यक्ष गैरेको हात भाचिएको छ । हाल उनलाई थप उपचारका लागि पोखरा लिएको स्थानीयले जानकारी दिएका छन् ।
उनीहरुबीच कालिगण्डकी गाउँपालिका अनुगमनमा गएर फर्कदा एउटा होटलमा कुटाकुट भएको हो ।