Logo

अब कोरोना भाइरसको पनि बीमा हुने, कोरोना पुष्टि हुने वित्तिकै पैसा पाईने (यस्तो छ निर्देशन)

अब कोरोना भाइरसको पनि बीमा हुने, कोरोना पुष्टि हुने वित्तिकै पैसा पाईने (यस्तो छ निर्देशन)



काठमाण्डौ । नेपाली बीमा कम्नपीहरुले अबका दिनमा कोरोना भाइरस सम्बन्धी पनि बीमा गर्ने भएका छन् । बीमा समितिले बिहीबार कोरोना भाइरससँग सम्बन्धित बीमा लेख जारी गर्नका लागि निर्देशन दिएसँगै नेपाली निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा गर्ने भएका हुन् ।

कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न समितिले सम्बद्ध बीमा कम्पनीहरुलाई कोरोना भाइरससम्बन्धी बीमालेख जारी निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

समितिको निर्देशन अनुसार अबका दिनमा सबै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुलमार्फत कोरोना भाइरस सम्बन्धी बीमा जारी गर्न सक्ने बीमा समितिको निर्देशनमा उल्लेख छ ।

जसअनुसार बीमा कम्पनीहरुले हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्नुपर्ने र यस्तो बिमा अन्तर्गत क र ख श्रेणी कायम गरी बिमांक कायम गर्नुपर्नेछ ।

पौडेलेका अनुुसार बीमा कम्पनीहरुले न्युनतम ५० हजारदेखि १ लाख रुपैयाँसम्मको बीमा गर्न सक्नेछन् । क बर्गको १ लाखको बीमा गराउँदा एक व्यक्तिको हकमा १ हजार रुपैयाँ प्रिमियम र परिवारको हकमा प्रतिव्यक्ति ६ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

यसैगरी ‘ख’ बर्ग अन्तरगत ५ हजार रुपैयाँसम्मको बीमा गर्न किनेछ यसरी बीमा गर्दा व्यक्तिगत रुपमा ५ सय रुपैयाँ र पारिवारिक बीमा गराउँदा प्रतिव्यक्ति ३ सय रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ ।

यस्तो बीमा दावी भुक्तानीको समय सिमा १५ दिन तोकिएको पौडेलले जानकारी दिए । जस अनुसार बीमा गराएको १५ दिन भित्रमा पीसीआर टेष्ट गराउँदा कोरोना संक्रमण देखिएका बीमा गर्ने व्यक्तिले प्रिमियम अनुसार ५० हजारदेखि १ लाख रुपैयाँसमम तुरुन्त उपाचार खर्च पाउनेछन् । साथै एकपटक बीमा गराएपछि सो प्रिमियमको समयावधि रहुन्जेल जहिले कोरोना संक्रम भएपनि बीमा पोलिसी लागू हुनेछ ।

साथै कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बिमा पुलमार्फत गर्नुपर्ने हुन्छ भने यस्ता बीमालेख जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएको जिल्लाहरुमा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन निर्देशनका उल्लेख गरिएको छ । विशेषगरी उक्त बीमालाई स्थानीय सरकारसँग समन्वय गरेर वडा वडामा संचालन गर्ने तयारी गरिएको समेत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL