काठमाडौं । रुकुम पश्चिमका दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिए पछि थप परीक्षणको लागि काठमाडौं ल्याएको छ ।
धनगढीस्थित् पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मेसिनमा परीक्षणको क्रममा उनीहरूको रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि काठमाडौं ल्याईएको हो ।
उक्त प्रयोगशालामा ९९ जनाको स्वाब परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेण्ट डा. डम्बर खड्का बताए । उनको अनुसार धनगढीमा परीक्षण गर्दा पोजेटिभ आएपछि पुन: परीक्षणका लागि काठमाडौं ल्याएको हो ।