काठमाडौं। अष्ट्रेलियाको सरकारले नेपालको भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहीबार एक वक्तव्य जारी गर्दै १ जनवरी, २०२० देखि १ मार्च २०२० सम्म जारी गरिएको भिसालाई थप ६ महिना मान्यता दिने जानकारी गराइएको छ ।
यससँगै नेपाली राजदूतावासका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको वाणिज्य दूतावासले प्रदान गरेको भिसा जारी मितिबाट ६ महिनाका लागि नभई एक वर्षका लागि मान्य हुने भएको छ ।