Logo

नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य नयाँ उचाईमा, नेपाली रुपैयाँ हालसम्मकै कमजोर

नयाँ रेकर्ड बनाउँदै अमेरिकी डलरको मूल्य नयाँ उचाईमा, नेपाली रुपैयाँ हालसम्मकै कमजोर


बिजखबर संवाददाता
7.5k
Shares

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरले नयाँ कीर्तिमान बनाएको छ । बिहिबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेसँगै डलरले नयाँ कीर्तिमान बनाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बिहिबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज अमेरिकी डलरको खरिद मूल्य १२२ रुपैयाँ १ पैसा कायम भएको छ भने बिक्री मूल्य १२२ रुपैयाँ ६१ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ । बुधबार १ डलर बराबर खरिद मुल्य १२१ रुपैयाँ ७४ पैसा र बिक्री मूल्य १२२ रुपैयाँ ३४ पैसा रहेको थियो ।

कोरोना भाइरस संक्रमणका कारण विश्व अर्थतन्त्र कमजोर बन्दै गइरहेका बेला अमेरिकी डलर बलियो बन्दै गएको हो । नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतारचढाब हुने बित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने बित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा वेहोर्नुपर्ने हुन्छ । आयातमा निर्भर अर्थतन्त्र रहेकाले दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL