Logo

कोरोना नियन्त्रणका लागि आउँदैछ सुखद सन्देश, युरोपका दुई ठूला औषधि कम्पनी मिलेर भ्याक्सिन बनाउँदै

कोरोना नियन्त्रणका लागि आउँदैछ सुखद सन्देश, युरोपका दुई ठूला औषधि कम्पनी मिलेर भ्याक्सिन बनाउँदै



काठमाडौं । विश्वमा अहिले जताततै कोरोनाको कहर चलिरहेको छ । विशवभरका मानिस कोरोनाको त्रासमा छन् । तर, यस्तो त्रासबीच पनि केही सुखद सन्देशहरु पनि आइरहेका छन् । यसैक्रममा विश्वका २ ठूला औषधि बनाउने कम्पनी मिलेर कोरोना भाईरसको औषधि बनाउने घोषणा गरेका छन् । औषधि बनाउने २ ठूला कम्पनी सानोफी र ग्लाक्सोस्मिथक्लिनले मंगलबार कोरोना भाईरसको सम्भावित भ्याक्सिन ल्याउने घोषणा गरेका हुन । उनिहरुले सन २०२१ को दोस्रो अर्धवार्षिकसम्म उक्त भ्याक्सिन तयार गरिसक्ने बताएका हुन् ।

युरोपेली उक्त २ औषधि कम्पनीहरुको लगातार १ दशकभन्दा लामो भ्याक्सिन बनाएको अनुभव छ । तिनिहरु दुबैको संयुक्त बजार मूल्य करिव २ सय विलियन डलरभन्दा बढी छ भने २ लाख भन्दा बढी कामदार छन् ।

२ कम्पनीमध्ये सानोफीले कोरोना भईरसको भ्याक्सिनका लागि आवश्यक तत्वहरु उपलब्ध गराउनेछ जसले मानव शरिरमा भएका कोरोनाका जिवाणुहरुलाई नष्ट गर्न मद्धत गर्नेछ । अमेरिकाको बायोमेडिकल विशिष्ट अनुसन्धान तथा विकास प्राधिकरण ९बार्डा० ले पनि कम्पनीको भ्याक्सिन बनाउने कोषमा केही सहयोग गरेको छ ।

विश्वमा फैलिरहेको कोरोना भाईरसको महामारीमा कमी ल्याउनका लागि उक्त भ्याक्सिन बनाउने कम्पनीसँग समन्वय र सहकार्य गरिएको बार्डाका निर्देशक रिक ब्राईटले बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर कोरोना भाईरसका विरुद्धको भ्याक्सिन बनाउने विभिन्न ७० ओटा अनुसन्धान भईरहेका छन् । सबै अनुसन्धानकर्ताहरुले कोरोना भाईरसविरुद्धको खोप बनाएभने विश्वमा कारोना भाईरसलाई नियन्त्रण गर्न पर्याप्त हुनेछ । कम्पनीले यदी भ्याक्सिन बनाउन सफल भए आगामी बर्षसम्म बार्षिक १ सय मिलियन डोज भ्याक्सिन बनाउन सकिने प्रक्षेपण गरेका छन् ।

उक्त २ कम्पनी मिलेपछि जुनसुकै भ्याक्सिन पनि बनाउन सक्ने बताएका छन् । यस्तै भ्याक्सिन बनाईसकेपछि प्रत्येक देशमा सजिलै उक्त भ्याक्सिन पुर्याउने समेत बताएका छन् । –एजेन्सी

प्रतिक्रिया दिनुहोस्