Logo

बैज्ञानिक अनुसन्धानलाई डब्लुएचओको चुनौती, बिसिजि खोपले कोरोना न्युनिकरण गर्ने कुनै प्रमाण छैन

बैज्ञानिक अनुसन्धानलाई डब्लुएचओको चुनौती, बिसिजि खोपले कोरोना न्युनिकरण गर्ने कुनै प्रमाण छैन



काठमाडौं । बीसीजी अर्थात बेकिलस क्यालमेट ग्युरिनलाई बैज्ञानिकहरुले कोरोना विरुद्ध एन्टीबडी निर्माण गर्नमा सहज बनाएको घोषणा गरिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने पुष्टि गर्न चुनौती दिएको छ । तर विश्व स्थास्थ्य संगठनले यसको खण्डन गर्दै यसले कोरोना विरुद्ध कुनै प्रतिक्रिया नदिने बताएको हो । डब्लुएचओल एक वाक्यांस उद्धृत गर्दे यसले कुनै प्रकारको एन्टीबडी निर्माण नगर्ने जनाएको हो ।

यसअघि बैज्ञानिकहरुले बीसीजी खोप लगाउने नीति भएका देशहरुभन्दा यसको नीति नभएका देशमा धेरै संक्रमितको कोरोना भाईरसका कारण मृत्यु भएको र संक्रमित पनि सोही अनुसार बढिरहेको बताएका थिए । यस्तै बीसीजी अनिवार्य भएका भारत, नेपाल, जापान जस्ता मुलुकमा कोरोनाको संक्रमण कम भएको र यसका कारण मृत्यु हुने मानिसहरुको संख्या पनि सोही अनुसार कम रहेको तथ्य बैज्ञानिकहरुले अगाडी ल्याएका थिए ।

विभिन्न सोधकर्ताहरुले बीसीजी खोपमा भएका केही तत्वहरुले क्षयरोगसँग लड्ने क्षमता रहेको र यसले मानव शरिरमा श्वासप्रश्वाससम्बन्धीका रोगका विरुद्धको एन्टीबडी निर्माण गर्ने उल्लेख गरेका थिए ।

तर विश्व स्वास्थ्य संगठनले हालै जनावर र मानिसमा गरिएको अध्ययनमा बीसीजी खोपले कोरोना विरुद्ध कुनै किसिमको प्रतिक्रिया नदिएको बताएको हो । विश्व स्वास्थ्य संगठनले यसमा कोरोनाको विरुद्ध लड्न सक्ने कुनै पनि प्रकारको रोग प्रतिराधी क्षमता नभएको उल्लेख गरेको छ ।

तर पछिल्लो कोरोना संक्रमणको तथ्याङक हेर्ने हो भने बीसीजी अनिवार्य भएको देशमा कोरोना संक्रमण फैलिने क्रम तथा कोरोना लागेका व्यक्तिको मृत्युदर भने अन्य देशको तुलनमा न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्