Logo

कोरोना रोकथाम कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १ करोड सहयोग, सरकारलाई गर्याे हस्तान्तरण

कोरोना रोकथाम कोषमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको १ करोड सहयोग, सरकारलाई गर्याे हस्तान्तरण



काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आइक्यानको परिषदबाट चैत्र ३० गते भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनले बताए । यसैगरी लेखा व्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ ।

यस्तै अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताउनुभयो । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने आइक्यानको तयारी रहेको छ ।

आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL