Logo

एनसेलको रिचार्जमा बोनस योजना, १ सयको रिचार्जमा१ सय कै बोनस

एनसेलको रिचार्जमा बोनस योजना, १ सयको रिचार्जमा१ सय कै बोनस


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबददाता

२४ साउन, काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ ।  जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अब हप्तामा दुई पटक रु १सय को रिचार्ज गर्दा रु १ सय कै बोनस प्राप्त गर्न सक्नेछन् ।

आइतवार देखि लागु भएको  योजनामा एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकहरुले लाभ लिन सक्नेछन् । योजना साप्ताहिक चक्रमा चल्नेछ, जस अन्तर्गत शनिवारसम्म गरिएको रिचार्जलाई गणना गरिनेछ । अर्को आइतवारबाट पुनः नयाँ साप्ताहिक चक्र शुरु हुने  एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।

यसरी चल्ने योजनामा ग्राहकले एक चक्रमा दोस्रो पटक रु १सयको रिचार्ज गर्ने बितिक्कै रु १ सय को बोनस व्यालेन्स प्राप्त गर्ने उनले जानकारी दिए । प्रिपेडमार्फत  प्रिपेडमा ब्यालेन्स ट्रान्सफरबाट प्राप्त गरिएको ब्यालेन्स बोनस प्राप्त गर्न मान्य हुनेछैन । प्राप्त बोनसबाट एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस पठाउन तथा इन्टरनेट चलाउन सकिनेछ र उतm वोनस ५ दिनसम्म मान्य हुनेछ ।

रिचार्ज कार्ड, भिएफटि, बैंक तथा अन्य कुनै पनि माध्यमबाट रिचार्ज गरि यस योजनाको लाभ लिन सक्नेछन् । ग्राहकले एष्ट्रिक्स १७११४ हयास डायल गरी हप्ता भरी आफूले गरेको रिचार्जको निःशुल्क जानकारी लिन सक्नेछन् ।

यो योजना १२ साता सम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL