Logo

सनसिटी घटनासँगै तनावमा सरकार, सबै मन्त्रीहरुको कोरोना परीक्षण गर्ने तयारी

सनसिटी घटनासँगै तनावमा सरकार, सबै मन्त्रीहरुको कोरोना परीक्षण गर्ने तयारी



काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएसँगै सरकारलाई थप तनाव सिर्जना भएको छ ।

उक्त संक्रमण भएका व्यक्तिसँग अर्थमन्त्री डा. युवराज खतिवडाले चैत ८ गतेको एक कार्यक्रममा सोही अपार्टमेन्टको वेयलफेयर सोसाईटीको चुनावमा सहभागी भएर भेटघाट गरेका कारण सरकारलाई थप तनाव सिर्जना भएको हो ।

सामान्य भेटघाट तथा हावाबाट समेत सर्ने उक्त कोरोना भाइरस भएका व्यक्तिहरुसँग अर्थमन्त्री खतिवडाले ८ गते सोही अपार्टमेन्टमा भएको आन्तरिक कार्यक्रममा गएर भेटघाट तथा घुलमिल गरेका कारण त्यसले अन्य व्यक्तिहरुलाई पनि सार्न सक्ने भन्दै थप तनाव सिर्जना भएको उच्च स्रोतले जानकारी दिएको छ । ‘अर्थमन्त्री चैत ८ गते कोरोना संक्रमित भएको व्यक्ति सहभागी भएको कार्यक्रममा गएर घेटघाट तथा भलकुसारी गर्नु भएको रहेछ,’ उक्त स्रोतले भन्यो, ‘त्यसले स्वयम अर्थमन्त्री र मन्त्रिपरिषद्का अन्य सदस्यहरुमा पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखियो ।’ उक्त कार्यक्रममा सनसिटीमा रहेका ठूलो संख्यामा मानिसहरु भेला भएका थिए ।

यससँगै सरकारले सबै मन्त्रीहरुको कोरोना परीक्षण गराउने तयारी गरेको समेत स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘अर्थमन्त्री खतिवडाले चैत ८ गते कोरोना संक्रमण भएको व्यक्ति समेत सहभागी भएको कार्यक्रममा सहभागिता जनाउँदा उक्त भाइरस मन्त्रीमा समेत सर्ने सम्भावना उच्च देखियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसयता अर्थमन्त्री खतिवडाले धेरैवटा मन्त्रिपरिषद् बैंठकमा सहमागिता जनाईसकेकाले सबै मन्त्रीहरुको वास्तविकता थाहापाउनका लागि कोरोना परीक्षणको तयारी गरिएको हो ।’

सनसिटीमा बस्ने दुई जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अपार्टमन्टमा बस्ने सबैको र्यापिड टेस्टलाई अघि बढाइसकेको छ । हाल सो अपार्टमेन्टमा करिव ५ सय परिवार बस्दै आएको र ती सबैको कोरोनाको र्यापिड टेस्ट गरिने समेत मन्त्रालयले जानकारी दिएको छ ।

सनसिटीमा अर्थमन्त्री खतिवडाको छोरा तिलक खतिवडाका साथै उच्च पदस्थ व्यक्तिहरु रहँदै बसोबास गर्दै आएका छन् । करिव ५ सय परिवार रहँदै आएको सो अपार्टमेन्टमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारीको पनि सनसिटीमा फ्ल्याट रहेको छ ।

एमालेका नेता भीम न्यौपाने, संविधानसभा सदस्य विसेन्द्र पासवान, पूर्व जिशिअ वावुराम नेपाल लगायतका व्यक्तिहरु पनि सोही अपार्टमेन्टमा बस्दै आएका छन्

प्रतिक्रिया दिनुहोस्
MBL