काठमाडौं । सरकारले जारी लकडाउन आगामी बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
पछिल्लो समय देशमा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले लकडाउन बढाउने निर्णय गरेको हो । यस अघि एक एक हप्ता गरी लकडाउन लम्ब्याउँदै आएको सरकारले कोरोना संक्रमितको संख्या बढ्ने क्रम उच्च रहेसँगै एकैपटक १२ दिन बढाएको हो ।
बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत गरेको छ । हाल देशमा कोरोना संक्रमितको संख्या १६ जना पुगिसकेको छ ।