Logo

भारतले थप्याे २१ दिन लकडाउन, नेपाल सरकारले केहीबेरमै गर्दैछ यस्ताे निर्णय

भारतले थप्याे २१ दिन लकडाउन, नेपाल सरकारले केहीबेरमै गर्दैछ यस्ताे निर्णय



काठमाडौं । भारतले लकडाउनको अवधि थप ३ साताका लागि बढाएको छ । बुधबार देशबासीलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मे ३ सम्मका लागि अर्थात बैशाख २१ गतेसम्म लकडाउन लम्ब्याउने घोषणा गरेका हुन् ।

लकडाउन लम्ब्याउने निर्णय सुनाउँदै मोदीले अबको एक हप्ता लकडाउन निकै कडा हुने पनि बताएका छन् । २० अप्रिलसम्म लकडाउनको कडाइपूर्वक लागू गर्न सबैलाई उनले निर्देशन पनि दिएका छन् । २० अप्रिलसम्म कुनै पनि नयाँ कोरोना भाइरस संक्रमण नदेखिएको क्षेत्रमा २० अप्रिलपछि केही खुकुलो बनाउने पनि उनले बताएका छन् ।

लकडाउन पालना नभए, हुलमुल र भीडभाड बढेमा भने खुकुलो पारिएको लकडाउनलाई पुनः कडा बनाइने पनि उनले बताएका छन् । ‘लकडाउनको यो समयमा देशका नागरिकले जसरी नियमको पालना गर्दै घरमा बसेका छन्, जति संयमता अपनाइरहेका छन्, यो एकदमै प्रशंसनीय छ,’ उनले भने, ‘ मलाई थाहा छ, तपाईंलाई पक्कै पनि दिक्क भइरहेको छ ।

कसैलाई खानाको समस्या होला, कसैलाई हिंड्न समस्या होला, कोही परिवारबाट टाढा होलान् ।’ मे ३ सम्मको लकडाउनलाई गम्भीरतापूर्वक पालना गर्न र रोग प्रतिरोधी क्षमता बढाउनका लागि आयुष मन्त्रालयले जारी गरेको विधिहरुलाई पालना गर्न पनि उनले नागरिकहरुलाई आग्रह गरेका छन् । भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघिसकेको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३५८ पुगेको छ । छिमेकस् भारतले लकडाउन अवधि थपेसँगै नेपालमा पनि लकडाउन अवधि लम्बिने देखिएको छ । नेपालमा लकडाउन कति लम्ब्याउने भन्ने विषयमा आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL