Logo

कोरोना भाईरस स्वाईन फ्लुभन्दा १० गुणा बढी खतरनाक, भ्याक्सिन नबन्दासम्म अवस्था सामान्य नहुने अध्धयनको निष्कर्ष

कोरोना भाईरस स्वाईन फ्लुभन्दा १० गुणा बढी खतरनाक, भ्याक्सिन नबन्दासम्म अवस्था सामान्य नहुने अध्धयनको निष्कर्ष



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस घेब्रियेससले कोरोना भाईरस स्वाईन फ्लुभन्दा १० गुणा बढी खतरनाक भएको बताएका छन् । उनले एक अन्तरवार्तामा कोरोना भाईरस सन २००९ मा आएको स्वाईन फ्लुभन्दा धेरै खतरनाक भएको बताएका हुन ।

यस्तै उनले उक्त रोगको एक प्रभावकारी खोपमार्फत् नै पूर्ण रुपले रोक्न सकिने बताएका छन्।
पछिल्लो समय विश्वभर महामारीको रुपमा तिव्र गतिमा फैलिरहेको उक्त भाईरसको प्रकोप निश्चित खोपले मात्रै निस्तेज पार्न सक्ने उनको भनाई थियो ।

यस्तै उनले पछिल्लो समय केही देशमा भने यसका विरुद्धको तयारी धेरै कम भईरहेको समेत बताएका छन् । हाल विश्वभरीका डेढ अर्ब बालबालिका घरभित्रै रहेका शिक्षाबाट समेत बञ्चित भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्